हायर पर्चेज कर्जा दिने कम्पनीका लागि नयाँ निर्देशन जारी, के के छन् ब्यवस्था ?
१३ फाल्गुन २०८१, मंगलवार १८:५५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीहरूको लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।
नयाँ व्यवस्थाअनुसार यसअघि लागू रहेको नियमलाई प्रतिस्थापन गरी संशोधित निर्देशिका जारी गरिएको हो। राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार सम्बन्धित कम्पनीहरूले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी रोकथामका लागि तोकिएका मापदण्डहरू पालना गर्नुपर्नेछ।













