मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन ? (पूर्णपाठ)

१३ फाल्गुन २०८१, मंगलवार १९:२४

काठमाडौैँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो ।

आगामी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरेर विदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा गर्न लागेका हुन् । मौद्रिक नीति समीक्षा अगाडि मंगलबार बिहान गभर्नर अधिकारीले अर्थमन्त्रालय पुगेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेर फर्किएका थिए ।

मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ ।

व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।

असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ ।

नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ ।

Midterm-Review-of-MP-2081-82

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*