लघुवित्तको कर्जाको व्याज दर बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको व्याज दर परिवर्तन हुने भएको छ ।हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत व्याज दर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी व्याज दर तय गर्न सक्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जा लिने व्याज दर परिवर्तन गरेको हो । नयाँ कर्जाको व्याज दर २०८२ को जेठ देखि लागू हुनेछ
कर्जाको विद्यमान १।१ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गरिएको छ यसले गर्दा कर्जा नोक्सानी व्यवस्थाबापत् जम्मा गर्नुपर्ने रकममा कमी आउनेछ जसले
आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको नाफा केही मात्रामा बढ्नेछ ।
त्यस्तै अर्धवार्षिक समीक्षामार्फत नन डेरिभरेवल फर्वार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत प्र्याएको राष्ट्र बैंकले जनाएको छ ।












