आज महाशिवरात्रि र सेना दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
१४ फाल्गुन २०८१, बुधबार ०७:२४

काठमाडौं । आज देशभर महाशिवरात्रि तथा सेना दिवस हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको पूजाअर्चना गर्दै उपवास बस्ने दिनका रूपमा महाशिवरात्रि मनाउने गर्छन्। पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।
यसै अवसरमा नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। यस दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेर सैनिक दिवस मनाइँने गरिएको छ। त्यहा राष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ।
सरकारले आजको दिनलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिएको छ। यससँगै शिक्षण संस्थाहरू, बैंक तथा वित्तीय संस्था सहित नेप्से बन्द रहनेछ।












