जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे १८ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी

१४ फाल्गुन २०८१, बुधबार १४:४३

काठमाडौं । चालू आर्थिक वर्षको ७ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड चार लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत आवको तुलनामा चालू आवमा प्रथम बीमाशुल्क आर्जन १४.४० प्रतिशतले वृद्धि भएको हो।

चालू आर्थिक वर्षमा नेपाल लाइफले सर्वाधिक चार अर्ब ५९ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसलाई पछ्याउँदै नेशनल लाइफले दुई अर्ब ७३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै एलआईसी नेपालले एक अर्ब ५४ करोड ५४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ हिमालयन लाइफले एक अर्ब ३८ करोड सात लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणको आधारमा

त्यस्तै सिटिजन लाइफले एक अर्ब चार करोड ७९ लाख रुपैयाँ, एशियन लाइफले ९५ करोड ६७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८७ करोड ४७ लाख रुपैयाँ, मेट लाइफले ७३ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७२ करोड ८९ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ७० करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले ६८ करोड ५४ लाख रुपैयाँ, सन नेपाल लाइफले ५४ करोड ०१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशूल्क आर्जन गरेका छन्।

वृद्धिदरका आधारमा हेर्ने हो भने प्रभु महालक्ष्मी लाइफले आक्राम रुपमा व्यवसाय विस्तार गर्न सफल भएको छ। कम्पनीको नयाँ व्यवसाय ५३.६९ प्रतिशतले वृद्धि भएको छ भने दोस्रो नम्बरमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ व्यवसाय ४६.७६ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै एलआईसीको २८.९२ प्रतिशत, नेपाल लाइफको २४.८० प्रतिशत, सूर्यज्योति लाइफको २० प्रतिशत, नेशनल लाइफको १६.१४ प्रतिशत, हिमालयन लाइफको १४ प्रतिशत र सिटिजन लाइफको नौ प्रतिशतले वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*