१३ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?
१४ फाल्गुन २०८१, बुधबार १६:२३

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको छ । तीमध्ये ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।
मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।
सरुवा भएका अन्य शाखा अधिकृतहरूलाई पनि विभिन्न प्रशासनिक भूमिकामा खटाइएको छ ।
Saruwa-Section-Officer (1)













