काठमाडौंका विभिन्न स्थानमा तीन दिन विद्युत सेवा प्रभावित हुने

१४ फाल्गुन २०८१, बुधबार १७:१९

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले आगामी १५ माघदेखि १७ माघसम्म भक्तपुर – चपली १३२ के.भी. प्रसारण लाइनलाई LILO (Loop in Loop out) कार्यका लागि सटडाउन गर्ने सूचना सार्वजनिक गरेको छ। यसै कारण, ती दिनहरूमा बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रका फिडरहरूबाट विद्युत आपूर्ति हुने स्थानहरूमा विद्युत सेवा प्रभावित हुने सम्भावना रहेको छ।

नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको अनुसार, सटडाउनको अवधि १५ माघ बिहीबार बिहान ६:०० बजेदेखि १७ माघ शनिबार बेलुकासम्म हुनेछ। प्रभावित हुने स्थानहरूमा चपली, लैनचौर, चावहिल, बालाजु, पुरानो चावहिल र महाराजगञ्ज ११ के.भी. स्विचिङ सबस्टेसनहरू समावेश छन्।

तथापि, नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइनलाई सुचारु गरिने प्रतिबद्धता जनाएको छ। यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*