लाभांश र हकप्रद प्रस्तावसहित युनाईटेड इदी मर्दीले बोलायो साधारणसभा

१५ फाल्गुन २०८१, बिहीबार ०८:३३

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारणसभा चैत ११ गते सोमबार बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ० दशमलव २११ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*