त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित तीन महिला पक्राउ
१५ फाल्गुन २०८१, बिहीबार १०:५६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर सुन ल्याएका थिए ।













