हिमालयन र नेपाल रि इन्स्योरेन्सको करिव २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१५ फाल्गुन २०८१, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार बढेसँगै दुई पुनर्बीमा कम्पनीको करिव दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ४७ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्टक्चरको ४६ करोड रुपैयाँ र सिंगटी हाइड्रोपावरको २४ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













