मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई पुँजी बजारले हरियो कार्पेटले स्वागत, मार्केटमा बुल आएको हो ?

१५ फाल्गुन २०८१, बिहीबार १५:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजी बजारले सकारात्मक प्रतिक्रिया जनाउँदै हरियो कार्पेटको रूपमा स्वागत गरेको छ । राष्ट्र बैंकले समीक्षामा धेरै नीतिगत व्यवस्थाहरू यथावत राख्दा बैंक तथा वित्तीय संस्थाहरूको आय वृद्धिका लागि केही लचिलो निर्णयहरू गरेका छन्, जसले लगानीकर्तामा उत्साह जगाएको छ ।

राष्ट्र बैंकले असल कर्जा वापत व्यवस्थापन गर्नुपर्ने रकमको प्रतिशत घटाउने निर्णय गरेको छ, जसका कारण बैंकहरूको नाफा वृद्धिमा सहजीकरण हुने देखिएको छ । त्यस्तै, लघुवित्त संस्थाहरुलाई बैंकोंको जस्तै स्प्रेडको आधारमा कर्जा वितरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ, जसले लगानीकर्तामा उत्साह थपेको छ ।

नयाँ मौद्रिक नीति र समीक्षाले शेयर बजारमा उलटपुलट स्थिति नल्याउने भए पनि समग्रमा अपेक्षाभन्दा राम्रो परिणाम देखाइएको छ । यसले मुख्यतः बैंकहरूको नाफा वृद्धिमा सहयोग पुर्याउने र लगानीकर्ताहरूको मनोबल बढाउने सम्भावना सिर्जना गरेको छ । यसपटकको मौद्रिक नीति समीक्षामा लगानीकर्ताहरूलाई आशावादी बनाउने लचिलो व्यवस्थाले पूँजी बजारमा रहेका अधिकांश समस्याहरू समाधान नगरे पनि राम्रै कुरा ल्याएको छ । पहिलेका कडाइपूर्ण व्यवस्थाका यादहरूले लगानीकर्तालाई निराश पार्थे, तर यसपटकको समीक्षा उत्साहजनक रहेको छ, जसले नकारात्मक प्रतिक्रिया कोही पनि व्यक्त नगरेको देखिन्छ ।

शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक नै रहेको हुँदा बजारले बुलको यात्रा तय गर्ने विश्वास गरिएको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको, अर्थतन्त्र समेत मझबुद भइरहेको र नियामक निकाय समेत सकारात्मक रहेको हुँदा बजारले बुलको यात्रामा तय गरेको लगानीकर्ताहरुको तर्क छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१५ अकंले बढेर २८१५.०४ बिन्दुमा कायम भएकोछ । आज ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशतसहित १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको घटेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*