नेपाल लाइफको ‘जीवन ज्योति बीमा योजना भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘जीवन ज्योति जीवन बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध भएका लाखौं बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । अभिकर्ताहरुले यस कम्पनीका विभिन्न पोलिसी बिक्री गर्दै आएका छन् ।
आज हामी नेपाल लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘ जीवन ज्योति बीमा योजना’ को बारेमा समिक्षा गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन्?, भन्नेबारे यहाँ कम्पनीका नायव महाप्रबन्धक उमापति पोखरेलसँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः
जीवन ज्योति बीमा योजना
यो योजना जीवन बीमाको सबैभन्दा लोकप्रिय रूप हो। यो नाफा सहितको सीमित भुक्तानी एन्डोमेन्ट योजना हो। यसले प्रारम्भिक मृत्युको घटनामा बीमितको परिवारको लागि प्रावधान गर्दछ, साथै इच्छित उमेरमा एकमुष्ट रकम पनि सुनिश्चित गर्दछ।
कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चितताको तयारी गर्न सघाउछ ।
कम्पनीले प्रचलनमा ल्याएको जीवन ज्योति जीवन बीमा योजना बीमितहरु मझ अत्यन्तै रुचाईएको सावधिक जीवन बीमा हो । यो मुनाफामा सरिक हुने (इन्डोमेन्ट प्लान वीथ प्रोफिट’ जीवन बीमा हो ।
विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवनका जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक र सहजता रहेको बीमा पोलिसी हो ।
यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आउने विभिन्न भैपरी दुर्घटनाहरु र विभिन्न रोगहरुको सामना गर्न (घातक रोग, सीआई) सुविधा समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।
बीमालेख खरिद गर्ने उचित समय कुन हो ?
जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ । जीवन बीमा अरुको लागि होइन्, आफ्नो लागि हो ।
नेपाल लाइफले यो योजनामा सहभागि हुनका लागि विभिन्न मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।
मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।
योजनाको नाम: एनएलआईसी जीवन ज्योति योजना
प्रवेश उमेर स्तर: १८ वर्ष देखि ६५ वर्ष
अधिकतम परिपक्वता उमेर: ७० वर्ष
न्यूनतम बीमाङ्क: ५,०००/-
अधिकतम बीमाङ्क: बीमाङ्कको आय अनुसार।
नीति अवधि: न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष।
प्रिमियम भुक्तानी अवधि: पोलिसी अवधि र प्रिमियम भुक्तानी अवधि फरक-फरक छन्।
राइडर लाभ: १८ वर्ष देखि ६५ वर्ष उमेर समूहका लागि एडीबी/पीडब्ल्यूबी/पीटीडी उपलब्ध छ।
बीमा शूल्क भुक्तानी तरिकाः वार्षिक, अर्धवार्षिक र त्रैमासिक।
लाभहरू/विशेष सुविधाहरू
मृत्युलाभः
चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्या रहेको छ । मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहन सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटना भएपछि बीमितलाई रकम र बोनस सहित एकमुष्ट भुक्तानी दिने व्यवस्था रहेको छ ।
परिपक्कता लाभः
चालु अवस्थामा रहेको बीमालेख अन्तर्गत बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमांक रकम र नियमानुुसार आर्जित बोनस बीमाअवधि समाप्तीमा बीमितलाई एकमुष्ट भुक्तानी दिइन्छ । म्याचुरीटी बेनीफिट रकम प्राप्त गर्न बीमितद्वारा बीमा अवधिसम्मको सबै किस्ता भुक्तानी गरिएको हुनुपर्छ ।
समर्पण सुविधा
३ वर्ष अवधि र ३ बर्षको बीमाशुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्य प्राप्त गर्न सकिनेछ । यो बीमा प्राधिकरणले तोकेकै समय सीमा हो ।
बीमालेख कर्जाको सुविधाः
बीमितलाई रकम आवश्यक परेको खण्डमा ३ वर्ष अवधि र ३ बर्षको बीमाशुल्क भुक्तानी गरे पश्चात नियमानुसारको बीमालेख कर्जा प्रदान गरिने प्रावधान रहेको छ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ । कारोबारको क्रममा कुनै अप्ठेरोमा परेमा बीमालाई बचतको रुपमा स्वीकार गर्दै ऋण लिन पाउने सुविधा कम्पनीले प्रदान गरेको छ ।
अतिरिक्त लाभहरुः
१. दुर्घटना मृत्यु लाभ (एडीबी) मात्रः
यो एक राइडर लाभ हो जसले दुर्घटनाका कारण बीमितको मृत्यु भएमा सुरक्षा प्रदान गर्दछ। यो प्रति हजार अतिरिक्त प्रिमियम भुक्तानी गरेर लिन सकिन्छ। दुर्घटनाका कारण मृत्यु भएमा, आधारभूत बीमा रकम बराबरको अतिरिक्त लाभ वा अधिकतम रु. १,००,००,००० जुन कम हुन्छ बीमितको लाभार्थीलाई भुक्तानी गरिनेछ।
२. दुर्घटना मृत्यु लाभ, दुर्घटना पूर्ण स्थायी अशक्तता, प्रिमियम छूट लाभ – एडीबि, टीपीडी र पीडब्लुबी
यो एक राइडर लाभ हो जसले दुर्घटनाका कारण बीमितको मृत्यु वा अशक्तता भएमा सुरक्षा प्रदान गर्दछ। यो राइडर प्रिमियम छूट राइडरसँगै प्याकेजको रूपमा प्रस्ताव गरिनेछ। यो अतिरिक्त प्रिमियम भुक्तानी गरेर लिन सकिन्छ। यस लाभ अन्तर्गतको कुल कभरेज रकम आधारभूत बीमा रकम बराबर वा अधिकतम रु. १००,००,००० /–जुन कम हुन्छ हुनेछ। दुर्घटनाका कारण बीमा अवधिभर बीमित स्थायी र पूर्ण रूपमा अशक्त भएमा बीमाङ्क रकम १२० समान मासिक किस्तामा बीमितलाई भुक्तानी गरिनेछ र भविष्यमा तिर्नुपर्ने सबै प्रिमियम माफ गरिनेछ।
३. गम्भीर रोग लाभः
यो एक राइडर लाभ हो। यदि बीमितलाई बीमा अवधिभर यस योजना अन्तर्गत परिभाषित गरिएको विशेष रोगको निदान गरिएको छ भने, बीमाङ्कको आधारभूत रकम बराबर वा अधिकतम रु. ५०,००,००० सम्मको एकमुष्ट रकम बीमितलाई भुक्तानी गरिनेछ। गम्भीर रोग हुनको लागि माथि उल्लेखित सर्तहरू पालना गर्नुपर्छ;
कसरी बीमा पोलिसी खरिद गर्ने ?
कम्पनीका देशभरी सक्रिय रहेका लाखौं जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका शाखा, उपशाखा कार्यालय मार्फत खरिद गर्न सकिनेछ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।












