काठमाडौं नजिकै मध्यराति ६.१ रेक्टरस्केलको भुकम्पको धक्का

१६ फाल्गुन २०८१, शुक्रबार ०६:२८

काठमाडौं । गएराति मध्यरातमा काठमाडौं नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर २.५१ बजे गएको सो भुकम्पमा परि राजधानी काठमाडौं बेस्सरी हल्लाएको थियो ।

भुकम्पले बेस्सरी हल्लाएपछि राजधानी काठमाडौं, काभ्रेको बनेपा, धुलिखेल, सिन्धुपाल्चोक क्षेत्रमा मानिसहरु सडक बाहिर निस्किएका थिए । भुकम्पले चीनको सीमा नजिक पर्ने तातो पानी आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सो भुकम्प गएको हो ।

घटनापछि सरकारले नेपाली सेनालाई उद्धारको लागि तयारी अवस्थामा राखेको छ । उता, सिन्धुपाल्चोकमा कैयौं घरहरुमा क्षति पुगेको खवर आएपनि मानवीय क्षति भएको खवर हालसम्म प्राप्त भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*