सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?
१६ फाल्गुन २०८१, शुक्रबार ११:००

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार २००रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।













