मौसम खराबीपछि परराष्ट्रमन्त्री राणा सवार विमान काठमाडौंमा अवतरण गर्न सकेन

१६ फाल्गुन २०८१, शुक्रबार १२:५७

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार कतार एयरवेजको विमान काठमाडौं अवतरण गर्न नसकेपछि कोलकातामा अवतरण गराइएको छ।

जेनेभामा भएको संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएर स्वदेश फर्कदै गरेकी राणा चढेको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा वैकल्पिक रूपमा कोलकातामा अवतरण गरिएको हो।

दोहाबाट उडेको कतार एयरलाइन्सको उडानले निर्धारित समयमा काठमाडौं आइपुग्दा अवतरणका लागि उपयुक्त मौसम नभएकाले अन्यन्त्र डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ। काठमाडौंको मौसम सुधार भएपछि वैकल्पिक व्यवस्थासहित नेपाल फर्किने तयारी भइरहेको बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*