शिवरात्रीमा गोजी छाम्ने दुई जना पक्राउ, भेटियो १० थान मोबाइल

१६ फाल्गुन २०८१, शुक्रबार १४:१८

काठमाडौँ। महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रका दर्शनार्थीहरूको मोबाइल चोरी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाका ३१ वर्षीय बिजय मगर र ३४ वर्षीय अभिषेक गुरुङलाई १० थान मोबाइलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

बालाजु बसन्तनगर गुम्बा नजिकबाट राति महाशिवरात्रीको दिन पक्राउ गरिएको हो। पक्राउ गरिएका व्यक्तिहरूसँग १० थान मोबाइल, नगद चार हजार रुपैयाँ र एक कालो झोला समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यी व्यक्तिहरूले महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रका भक्तजनहरूको मोबाइल चोरी गर्ने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गरिरहेका थिए। पक्राउ गरिएका व्यक्तिहरूको आपराधिक गतिविधि बारे थप अनुसन्धान भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*