नेप्सेको सीईओमा आवेदन दिने म्याद थप

१८ फाल्गुन २०८१, आईतवार ०८:१६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ।

यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो।

म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

 

नेप्सेमा सीईओको लागि दरखास्त आह्वान (सूचना सहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*