तीन दिन लगातार अर्थ समितिको बैठक बस्ने, भन्सार विधेयकलाई अन्तिम रुप दिइँदै

१८ फाल्गुन २०८१, आईतवार १०:०९

अपडेटः
अर्थ समितिका सभापति सन्तोष चालिसेले केहीबेर अघि मात्रै आजको बैठक स्थगित भएको र भोलिदेखि जारी रहने जानकारी दिएका छन् । सांसदहरु राजधानी बाहिर रहेकोले आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

…………………….___…………………………

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आजदेखि लगातार तीन दिनसम्म बस्ने भएको छ ।

समितिले प्रकाशित गरेको सूचना अनुसार १८ गते, १९ गते र २० गते क्रमशः ५९ औं, ६० औं र ६१ औं बैठक बस्नेछ । समितिले भन्सार कानुनलाई एकीकरण गर्न बनेको बिधेयकको दफावार छलफल गरेर अन्तिम रुप दिन लगातार बैठक राखेको हो । बैठक विहान ११ बजे बस्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*