आज सर्वोच्चका सबै पेशी किन भए स्थगित ?
१८ फाल्गुन २०८१, आईतवार १२:३०

काठमाडौँ। सर्वोच्च अदालतमा आजका लागि तय भएको सबै पेशी स्थगित भएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको निधनमा सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो ।
८४ वर्षिया श्रेष्ठको शुक्रबार बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । शारदा नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन् ।













