जीवन बीमा कम्पनीबाट सात महिनामा साढे ८ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरियो ?

१८ फाल्गुन २०८१, आईतवार १५:३६

काठमाडौंँ । जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा आठ अर्बबढीको रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ६२ हजार ५२३ वटा बीमा पोलिसी वापत आठ अर्ब ५९ करोड दुई लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको १५ हजार ३६५ वटा बीमा पोलिसी वापत दुई अर्ब ५९ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

पोलिसी सरेण्डरको आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको १४ हजार २५ वटा बीमा पोलिसी वापत दुई अर्ब दुई करोड ३६ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ५५ करोड १५ रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ५४ करोड १९ लाख रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ३७ करोड ८१ लाख रुपैयाँ र मेट लाइफको २४ करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १२ करोड १३ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १२ करोड ४६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ५५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*