बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई सफाई

१८ फाल्गुन २०८१, आईतवार १६:४१

काठमाडाैं । बिशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई सफाई दिएकाे छ ।

आज बसेकाे विशेष अदालतकाे ईजलासले सफाई दिईकाे हाे । सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्धा दायरपछि प्राधिकरणको अध्यक्षबाट सिलवाल निलम्वनमा परेका थिए ।

अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

शिलवालले सफाई पाएपनि अब उनी बीमा प्राधिकरण फर्कन पाउने छैनन् । प्राधिकरणमा शरद ओझालाई अध्यक्षको जिम्मेवारी दिइसकेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*