पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा ३ जना पक्राउ
१९ फाल्गुन २०८१, सोमबार १४:०२

काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका छन् ।
जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् । रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।













