स्कुटर दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका पीएसओ बोहराको मृत्यु

१९ फाल्गुन २०८१, सोमबार १६:४६

काठमाडौं । कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको मृत्यु भएको छ।

सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बोहरा हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*