जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

१९ फाल्गुन २०८१, सोमबार १८:००

काठमाडौँ । पछिल्लो समय सहरदेखि गाउँ घर तिर समेत जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाठ, अन्नप्रासन तथा विभिन्न अवसरमा बीमा पोलिसी दिने चलन बढीरहेको छ ।

यसैक्रममा काठमाडौं तारकेश्वर नगरपालिका–५ निवासी बुवा सुरेश मिश्र र आमा सरस्वती मिश्रले आफ्नो छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरीलाई सिटिजन लाइफ इन्स्योरेन्सको टोखा शाखा कार्यालयबाट बीमा पोलिसी खरिद गरेर उपहार दिएका छन् । उक्त बीमा पोलिसी उपहार सिटिजन लाइफ इन्स्योरेन्सको टोखा शाखा कार्यालयका ब्रान्च म्यानेजर राजकुमार न्यौपानले हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय टोखा शाखा कार्यालयले बीमितहरुलाई हौसला प्रदान गर्ने क्रममा बीमित सम्मान कार्यक्रम तथा बीमालेख उपहार दिने लगायतका क्रियाकलपा गर्दै आएको टोखा शाखाका ब्रान्च म्यानेजर राज कुमार न्यौपानले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*