अर्थमन्त्रालयद्वारा बजेट निर्माण सम्बन्धि मार्गदर्शन जारी
१९ फाल्गुन २०८१, सोमबार १८:५६

काठमाडौं । अर्थमन्त्रालयलले आर्थिक वर्ष २०८२।८३ को बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८(१) बमोजिम सो मार्गदर्शन जारी गरेको हो ।
स्रोत व्यवस्थानमा परेको दवाव तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत ध्यानमा राखेर आयोजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्नुपर्ने अवस्थालाई मध्य नजर गरेर बजेट मार्गदर्शन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
















