पूर्व युवराज पारसको अवस्था सामान्य
१९ फाल्गुन २०८१, सोमबार २२:२२

काठमाडौं । हृदयघातपछि निर्भिक अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको अवस्था सामान्य रहेको छ ।
राजदरवार निकट स्रोतका अनुसार पूर्व युवराज शाहलाई सामान्य खालको हृदयघात भएको र अहिले अवस्था सामान्य रहेको छ ।
नर्भिक अस्पतालको आईसियु कक्षमा राखेर पारस शाहको उपचार भइरहेको छ । शाहको मुटुमा स्टेन राखिएको र स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।
पूर्व युवराज शाहले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । पारस शाहले पटक पटक हृदयघातको सामना गर्दै आएका छन् । यसअघि थाईल्याण्डमै हुँदा मुटुको जटिल उपचार गरेका पारस शाहको सम्भवतः पाँचौं पटक मुटुमा समस्या आएर अस्पताल भर्ना भएकोमा स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।













