अमेरिकाद्वारा थप आठ जना नेपालीलाई डिपोर्ट, सैनिक जहाजमार्फत काठमाडौं ल्याइदै

२० फाल्गुन २०८१, मंगलवार ०७:११

काठमाडौं । अमेरिकाले थप आठ जना नेपाललीलाई डिपोर्ट गरेको छ । अमेरिकास्थित खसोखासका अनुसार ट्रम्प निर्वाचित भए यता हालसम्म ३० जनालाई अमेरिकाले डिपोर्ट गरी काठमाडौं उतारी सकेको छ । बुधबार थप आठ जना काठमाडौं उतारेपछि यस्तो संख्या ३८ पुग्नेछ ।

पछिल्लो पटक डिपोर्ट गरिएको आठ जनालाई सैनिक जहाजमार्फत काठमाडौंमा उतारिनेछ । आठ जना नेपाली मध्ये छ जनासँग बैधानिक नेपाली पासपोर्ट रहेको छ भने दुई जनासँग नेपाली पासपोर्ट समेत छैन । पासपोर्ट नभएका दुई नेपालीको वासिङटङडिसीस्थित नेपाली राजदुताबासमा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाउन लागिएको हो ।

डिपोर्ट गरिएको आठै जनालाई अमेरिकी सैनिक जहाजमार्फत काठमाडौं ल्याइनेछ । हत्कडी लगाएर काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

यसैबीच, ५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिको पुगेका नेपालीहरु ट्रम्प प्रशासनले कडाई गरेसँगै अमेरिका छिर्न नसकेपछि मेक्सिकोबाटै फर्कन थालेका छन् । अमेरिका र मेक्सिकोको बोर्डरमा लागू गरिएको कडा सुरक्षा व्यवस्थाको कारण अमेरिका छिर्ने तयारीमा रहेका दर्जनौं नेपालीहरु मेक्सिको बोर्डरमै अलपत्र परिरहेका छन् । उनीहरु मध्ये केही आफै टिकट काटेर नेपाल फर्कन थालेका छन् ।

पछिल्लो समय अमेरिकामा गैर कानुनी रुपमा बस्न निकै कठिन भइरहेको छ भने विद्यार्थी भिषामा त्यहाँ पुगेका नेपालीहरुलाई काम गरिरहेको फेला पारेर प्रहरीले पक्राउ गरेर डिपोर्ट गर्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*