ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

२० फाल्गुन २०८१, मंगलवार ०८:४८

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आउदो फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

यस कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो।

जसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आवेदन अवधि छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते निष्कासन बन्द हुने भनिएको भए तापनि अहिलेको अवस्थामा आम नागरिकले आईपीमो देखाएको चासो र परिरहेको आवेदनलाई हेर्दा चैत ३ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*