उचालियो सुनको मूल्य, अब प्रतितोला कति ?
२० फाल्गुन २०८१, मंगलवार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेकोछ । आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













