गार्डियन माइक्रोका लगानीकर्ता मालामाल, यी १० कम्पनीकाले कमाए सर्वाधिक
२० फाल्गुन २०८१, मंगलवार १५:१४

काठमाडौँ । कारोबारका आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागि रहेको छ । कम्पनीको शेयर निरन्तर बढी रहँदा शेयर प्राप्त गर्ने लगानीकर्ताहरु मख्ख छन् । कम्पनीको शेयर होल्ड भएर बसेको हुँदा अझै मूल्य बढ्ने आंकलन समेत भइरहेको छ ।
आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । यो लागेर कम्पनीको शेयरमा १६औं दिन समेत सर्किट लागेको छ ।
साथै, आत्मनिर्भर लघुवित्तको ६.६६ प्रतिशत, युनिर्भनल पावरको ५.७४ प्रतिशत, बरुण हाइड्रोपावरको ५.६० प्रतिशत र शिव श्री हाइड्रोपावरको ५.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।













