बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२१ फाल्गुन २०८१, बुधबार १०:५६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी १० रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।













