अमेरिकाबाट १० नेपालीलाई चार्टर जहाजमार्फत काठमाडौं फर्काइयो (सूचीसहित)

काठमाडौँ । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका १० जना नेपालीलाई विशेष चार्टर उडानमार्फत नेपाल फर्काइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान ०९:५५ बजे अमेरिकी चार्टर जहाज “GLF5” द्वारा उनीहरूलाई काठमाडौं ल्याइएको हो।
नेपाल सरकार तथा सम्बन्धित निकायहरूको समन्वयमा अमेरिकी अधिकारीहरूले ती नेपालीलाई स्वदेश फर्काएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन तथा सुरक्षा अधिकारीहरूले उनीहरूको आगमन प्रक्रिया पूरा गरेका छन्।
नेपाल फर्काइएका ती नेपालीहरू लामो समयदेखि अमेरिका बस्दै आएका थिए। अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गरेको भन्दै त्यहाँका अधिकारीहरूले कानुनी प्रक्रियापछि उनीहरूलाई नेपाल डिपोर्ट गरेका हुन्।
यसअघि पनि अमेरिका तथा विभिन्न युरोपेली मुलुकहरूले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई चार्टर जहाजमार्फत स्वदेश फर्काउने गरेका छन्। पछिल्लो समय गैरकानुनी रूपमा विदेश पुगेका नेपालीहरूको संख्या बढ्दै गएपछि सम्बन्धित मुलुकहरूले कडाइ गर्न थालेका छन्।













