क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

२१ फाल्गुन २०८१, बुधबार १२:५१

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

अब कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि भोलिदेखि निष्कासन गर्न लागेको हो। यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यो आईपीओ फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

One thought on “क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

  1. Kalak dhami says:

    5 Din ho ra
    Meid 4 din hoina ra

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*