जन्मदिनमा सिटिजन लाइफको बीमापोलिसी उपहार

२१ फाल्गुन २०८१, बुधबार १४:०७

काठमाडौं । पछिल्लो समय सहरदेखि गाउँ घर तिर समेत जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाठ, अन्नप्रासन तथा विभिन्न अवसरमा बीमा पोलिसी दिने चलन बढीरहेको छ ।

यसैक्रममा, बिरेन्द्रनगर नगरपालिका–११  निवासी बुवा बलबिर सुनार र आमा शुक्ला बिश्वकर्माले आफ्नो छोरा वसन्त सोनिको फागुन २० गते परेको २५औं जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरालाई सिटिजन लाइफ इन्स्योरेन्सको वीरेन्द्रनगर शाखा कार्यालयबाट सिटिजन बचत वृद्धि योजनाको १५ लाख विमांक रकमको बीमा पोलिसी खरिद गरेर उपहार दिएका छन् । उक्त बीमा पोलिसी उपहार सिटिजन लाइफ इन्स्योरेन्सको वीरेन्द्रनगर शाखा कार्यालयका शाखा प्रमुख नम बहादुर खड्काले हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय वीरेन्द्रनगर शाखा कार्यालयले बीमितहरुलाई हौसला प्रदान गर्ने क्रममा बीमित सम्मान कार्यक्रम तथा बीमालेख उपहार दिने लगायतका क्रियाकलपापहरु गर्दै आएको खड्काले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*