स्वरोजगार लघुवित्तको एफपिओमा साढे १८ लाखको हात रित्तो हुने

२१ फाल्गुन २०८१, बुधबार १७:३५

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् फागुन २१ गते साँझ ५ः०७ बजेसम्ममा १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको एफपिओ १९ हजार ५७७ जनाले १०।१० कित्ताका दरले हात पार्नेछन् । जसमा साढे १८ लाखभन्दा बढीको हात रित्तो हुने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*