नेपाली बजारमा लन्च हुँदै एमजी एस ५ ईभी, यस्ता छन् विशेषता

२१ फाल्गुन २०८१, बुधबार १८:१२

काठमाडौँ । एमजीको नयाँ इलेक्ट्रिक एसयूभी एस ५ ईभी नेपाली बजारमा सार्वजनिक हुने भएको छ। पारामाउन्ट मोटर्सले उक्त गाडी सार्वजनिक गर्ने तयार गरेको हो ।

चिनियाँ बजारमा ईएस ५ नामले चिनिने यो मोडल अन्तर्राष्ट्रिय निर्यातका लागि एमजी एस ५ ब्रान्ड अन्तर्गत ल्याइएको छ। एस ५ इभी दुईवटा ब्याट्री भेरियन्टमा उपलब्ध हुनेछ। ४९.१ किलोवाट–आवर क्षमताको ब्याट्रीले ४३५ किलोमिटर रेन्ज दिनेछ भने ६२.२ किलोवाट–आवर ब्याट्रीले ५२५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ।

मूल्य भने गाडी लन्च भएको दिनमै सार्वजनिक गरिने जनाइएको छ । एमजी एस ५ ईभी कालो र सेतो रंगमा उपलब्ध हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*