नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड नहुने (अपडेट)

अपडेटः यसअघि आज बिहीबार आईपीओ बाँडफाँड गर्ने भनेकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने भएको छ। बलेफी हाइड्रोपावरको शिलबन्दी बोलपत्र खोल्ने समय पनि आजै बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको मिति सरेको हो।
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज बिहीबार बिहानै साढे ८ बजे बाँडफाँड हुँदैछ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन्।
जसमध्येबाट भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो हुनेछ।












