बिहिबार बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
२२ फाल्गुन २०८१, बिहीबार १०:४७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी ३५ रुपैयाँले बढेको हो ।













