चार्ज गर्ने क्रममा ईभी बसमा आगलागी
२२ फाल्गुन २०८१, बिहीबार ११:५८

काठमाडौँ । काठमाडौंको धुम्बाराहीस्थित एक इलेक्ट्रिक बसमा आगलागी भएको छ। बुधबार राति चार्ज गर्ने क्रममा बसमा आगो लागेको भए पनि तत्काल नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
प्रदेश ३-०५-००५ ख ९६९३ नम्बरको उक्त बस चक्रपथ परिक्रमा मार्गमा सञ्चालन भइरहेको थियो। घटनाका बेला बस चार्ज हुँदै गरेको हुँदा त्यसमा यात्रु वा चालक कोही पनि थिएनन्, जसले गर्दा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।













