गृह मन्त्रालयका ७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

२२ फाल्गुन २०८१, बिहीबार १३:२१

काठमाडौँ। गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

विहीबार बिहान गरिएको सरुवा अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । त्यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ ।

सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*