राष्ट्रिय सभाबाट पाँचवटै अध्यादेश पारित

२२ फाल्गुन २०८१, बिहीबार १७:३६

काठमाडौं । सरकारले जारी गरेका पाँचवटा अध्यादेश राष्ट्रियसभाबाट पारित भएका छन्। बिहीबार सम्पन्न बैठकमा निर्णयार्थ प्रस्तुत गरिएका ती अध्यादेशहरू बहुमतको समर्थनमा पारित भएका हुन्।

यसअघि, प्रतिनिधिसभाले बुधबार ती अध्यादेशहरू पारित गरेको थियो। पारित भएका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन, निजीकरण पहिलो संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी संशोधन र सहकारीसम्बन्धी कानूनी संशोधन समेटिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*