वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने

२३ फाल्गुन २०८१, शुक्रबार ०८:४०

काठमाडौं । वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*