नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड
२३ फाल्गुन २०८१, शुक्रबार ०८:५०

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका थिए।
जसमध्येबाट रितपूर्वक आवेदन दिएका भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन्।
कम्पनीले हिजै आईपीओ बाँडफाँड गर्ने तयारी गरेको थियो। तर बलेफी हाइड्रोपावरको शिलबन्दी खोल्ने समय पनि हिजै परेपछि आईपीओ आज बाँडफाँड गरेको हो।














