चन्द्रागिरीमा रहेको कवाड कारखानामा आगलागी

२३ फाल्गुन २०८१, शुक्रबार १०:३८

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१० बोसीगाउँमा रहेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा आज बिहान आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारद्वारा सञ्चालित उक्त कवाड कारखानामा लागेको आगो नियन्त्रणमा आइसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल तथा स्थानीयबासी सक्रिय भएका थिए। आगलागी नियन्त्रणका लागि प्रहरी वृत्त बालाजु, थानकोट र स्थानीय प्रहरी प्रभागबाट ३२ जनाको टोली परिचालन गरिएको थियो।

आगलागी निभाउन सातवटा दमकल र १५ पानी ट्याङ्कर परिचालित गरिएको थियो। चन्द्रागिरि नगरपालिका, बालाजु, विशाल बजार, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र बौद्ध रामहिटीबाट दमकल पठाइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*