एनआईसी एशिया लघुवित्त बाजुरा बेतालमाण्डौ शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन

२२ फाल्गुन २०८१, बिहीबार ११:०६

काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाजुराको बेतालमाण्डौ शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ।

बेतालमाण्डौ शाखाका केन्द्र नं. ०१४ की सदस्य उमा कटुवालले २०८१ असोज ३० गते लिएको ६५,००० रुपैयाँ कर्जा नियमित किस्तामा तिर्दै २०८१ फागुन २२ गते पूर्ण रूपमा चुक्ता गरेपछि उनलाई ३९० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको हो। कर्जा भुक्तानी प्रोत्साहन योजनाअन्तर्गत प्रति हजार ६ रुपैयाँको दरले गणना गरिएको उक्त रकम शाखामा कार्यरत फिल्ड कर्मचारी देवी कुमारी पुरीको हातबाट प्रदान गरिएको हो।

संस्थाले “लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरौं” भन्ने अठोटसहित आफ्ना सदस्यहरूलाई वित्तीय अनुशासनमा उत्प्रेरित गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि नियमित कर्जा भुक्तानी गर्ने अन्य सदस्यहरूलाई प्रोत्साहन गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*