पाथिभरामा सरकारले जनता कुट्ने कार्य दमन होः देवेन्द्र पौडेल

काठमाडौँ । पाथिभरा केवलकार निर्माण प्रक्रियासँग सम्बन्धित प्रतिनिधि सभाको न्यून समयमा बोल्दै देवेन्द्र पौडेलले सरकारको कार्यप्रति कडा असहमतिमा रहेका छन्। उनले सरकारले गरी रहेको दमनको बाटो गलत भएको भन्दै वार्ता र सहमति को विधि अपनाउनुपर्नेमा जोड दिएका छन्।
पौडेलले भने, ‘पाथिभरा केवलकार निर्माण प्रक्रियासँग सम्बन्धी वार्ता कहाँ पुग्यो ? सरकारले गरी रहेको दमनको बाटो गलत थियो छ। वार्ता सहमति र सम्झौताको विधि अपनाएर मुकुलुम संस्कृति र परम्पराको सरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्ने विशेष अनुरोध गर्दछु ।’
उनले थपे, ‘सरकारले गर्ने खोजेको कार्यहरु निजि क्षेत्रले गर्दै आइरहेको र उर्जा, पर्यटन र कृषि जस्ता क्षेत्रमा अझ बढी लगानीको आवश्यक भएको कुरामा हामी सबै प्रष्ट छौं । निजि क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो ।
पौडेलले आर्थिक दृष्टिले निकै कमजोर अवस्थामा रहेका व्यवसायी चन्द्र ढकालको उदाहरण प्रस्तुत गर्दै भने, ‘चन्द्र ढकाल जस्ता व्यवसायीहरूले पनि राम्रो काम गर्दै आएका छन् र उनीहरूको प्रयासलाई प्रोत्साहन गर्नु पर्छ। सरकारलाई केवलकार निर्माण प्रक्रिया सहजिकरण गर्ने र निजी क्षेत्रलाई समर्थन गर्न अनुरोध गर्दछु।’













