सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा सहयोग पुर्‍याएको छः सभामुख घिमिरे

२३ फाल्गुन २०८१, शुक्रबार १४:२८

काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्‍याउने बताए ।

‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भने । ‘संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*