सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा १२ घण्टा अवरुद्ध हुने

२३ फाल्गुन २०८१, शुक्रबार १७:११

काठमाडौँ । शाखारहित बैंकिङ्ग प्रणाली स्थानान्तरण कार्यका कारण सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा २०८१ साल फागुन २३ गते शुक्रबार राति ८ बजेदेखि २०८१ साल फागुन २४ गते शनिबार बिहान ८ बजेसम्म अस्थायी रूपमा अवरुद्ध हुने भएको छ।

बैंकले एक सूचना जारी गर्दै सेवा स्थगनबारे पूर्व जानकारी गराउँदै सम्बन्धित ग्राहकहरूलाई आवश्यक पूर्व तयारी गर्न अनुरोध गरेको छ। साथै, सेवा अवरुद्ध हुने अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्रविधिगत कार्य सम्पन्न भएपछि सेवा पूर्ववत सञ्चालनमा आउने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*