बीमा प्राधिकरणदेखि बीमा कम्पनीसम्मका महिलाको नेतृत्व अब्बल

२४ फाल्गुन २०८१, शनिबार १२:४६

काठमाडौं । मुलुकमा बीमा कम्पनीको इतिहास हेर्ने हो भने झण्डै एक सय बर्ष लामो छ । यो लामो समयमा बीमा कम्पनीमा महिला कर्मचारीको सन्तोषजनक छैन । यद्यपि जहाँ जहाँ महिलाहरुले नेतृत्व गरिरहेका छन्, उत्कृष्ट नतिजा र अब्बल नेतृत्व गरिरहेका छन् ।

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणमा निर्देशक, उप निर्देशक, सहायक निर्देशकको रुपमा महिलाको उपस्थिति सशक्त रहँदै आएको छ । बीमा प्राधिकरणको हालको संरचना अनुसार तीन जना निर्देशक मध्ये पुजन ढुंगेल अधिकारीको नेतृत्व अब्बल रहँदै आएको छ ।

बीमितलाई सबैभन्दा बढी बोनस दिने र बीमितको मन जित्न सफल भएको नेशनल लाइफमा विगत लामो समयदेखि अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्हाल्दै आईरहेकी छिन् । कम्पनी बलियो र विश्वनीय हुनुमा नेशनल लाइफका व्यवस्थापन र कर्मचारी उनको कुशल नेतृत्वको समेत उदाहरण दिने गर्दछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचनले नेत्तृव गर्दै आईरहेकी छिन्।

शिक्षा भट्टचन सांसद देवी भट्टचनको छोरी हुन् । यस अघि शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष थिइन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेपछि उनी अध्यक्ष चयन भएकी हुन् ।

उनले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट साइबर सेक्युरिटीमा मास्टर्स अध्ययन गरेकी छिन् ।

 

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सकी सिईओ उपासना पौडेल नेपाली बीमा क्षेत्रमा महिलाको नेतृत्वको रुपमा अब्बल र उत्कृष्ट नतिजा दिन सफल सिईओ हुन् । पौडेल युनाईटेड इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ बनेर बीमा क्षेत्रमा महिला सिइओको ढोका खोल्न सफल भएकी थिईन् ।

अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकी सिईओ अञ्जु श्रेष्ठले अब्बल नेतृत्वसहित उत्कृष्ट नतिजा दिन सफल भएकी छिन् । नेपाली बीमा क्षेत्रका यी तीन ताराहरु नै पर्याप्त नभए पनि बीमा क्षेत्रमा महिला नेतृत्वको परिक्षामा सफल हुँदै आगामी दिनमा महिलाहरुले थप संस्थाहरु नेतृत्व गर्न सक्षम छन् भनेर नयाँ मार्गनिर्देश गर्न सफल भएका छन् ।

बैंकिङ क्षेत्रबाट बीमा क्षेत्रमा प्रवेश गरेकी रेना रिजाल हाल युनाईटेड अजोड इन्स्योरेन्सकी डेपुटी सिईओ हुन् । सानिमा जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकको जिम्मेवारी गरेको अनुभव उनीमा रहेको छ । उनीसँग १५ बर्षको बैंकिङ र बीमा क्षेत्रको अनुभव रहेको छ ।

आज अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारी, हिमालयन रि इन्स्योरेन्स कम्पनीकी सिइओ उपासना पौडेल, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकी सिईओ अञ्जु श्रेष्ठ, नेशलन लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचन  युनाईटेड अजोड इन्स्योरेन्सकी डेपुटी सिईओ रेना रिजालनेपाली बीमा क्षेत्रमा नक्षेत्रका रुपमा लिन सकिन्छ ।

नेपालको बीमा क्षेत्रको नेत्तृत्वदायी भूमिकामा भने महिलाको संख्या निकै कम रहेको छ । बीमा ऐनमा नेतृत्वदायी भूमिकामा महिला अनिवार्य गरेपनि नियामक निकाय बीमा प्राधिकरण स्वयंममा पालना हुन सकेको छैन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले स्वंयम यो नियम पालना गरेको छैन । कम्पनीको बोर्डमा सबै पुरुष मात्रै रहेका छन् ।प्राधिकरणको निर्देशकमा पुंजन ढुंगेल अधिकारी रहेकी छिन् । प्राधिकरणको डेपुटी डाईरेक्टरमा ६ जना महिलाहरु रहेका छन् । निशा अधिकारी, पूजन ज्ञवाली श्रेष्ठ, पुष्पा कुँवर, निमर्ला मल्ल, प्रिति देव र श्रद्धा श्रेष्ठ रहेकी छिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन पदमा मात्रै होइन संचालक समितिमा समेत महिलाको उपस्थित न्यून छ । केही बीमा कम्पनीको उच्च व्यवस्थापन समूहमा भने महिलाको प्रतिनिधित्व छ । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तरमा रहेर काम गर्ने महिला भने नगन्य छन् । बीमा ऐनले महिलाको उपस्थिती चाहे पनि महिला नेतृत्वको अभाव खड्किरहेको बीमा बजारले दुई महिला अध्यक्ष, दुई सिईओ र एक बीमा प्राधिकरणको निर्देशक पाईसकेको छ । बीमा क्षेत्रले महिला नेत्तृव पाउनु बीमा क्षेत्रको लागि नै सकारात्मक पक्ष र हौसला दुवै हो ।

बीमा क्षेत्रमा पहिलो सिईओ रुपमा परिचित उपासन पौडेल परिचित छिन् । साविकको युनाईटेड इन्स्योरेन्समा सिईओ रुपमा प्रवेश गरेर हाल नेपालको एक मात्र निजि पुनर्बीमा कम्पनीको नेत्तृव तहमा सिईओको जिम्मेवारी निभाईरहेकी छिन् । पौडेलले ०७८ वैशाख महिनादेखि सीइओ भएर कम्पनीको नेतृत्व गरिरहेकी हुन् । कम्पनीको डेपुटी सीईओ हुँदै सिईओ पदमा काम गरेको पौडलको अनुभव रहेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अञ्जु श्रेष्ठ छिन् । गत असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएकी श्रेष्ठले साविकको हिमालयन जनलर इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेकी हुन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जपछि हिमालयन एभरेष्टमा पनि उनी डीसीईओ नै भएर काम गरेकी थिइन् ।

मन्जु थापा सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको प्रमुख प्रबन्धक हुन् । प्रमुख प्रबन्धक रहेकी उनले संयुक्त राष्ट्र विकास कार्यक्रमबाट आफ्नो करियर सुरु गरेकी हुन् । थापासँग बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा समेत काम गरेको अनुभव छ । उनी प्राधिकरणमा सहायक निर्देशक थिइन् । सन् २०१९ देखि सामाजिक सूरक्षा कोषमा वरिष्ठ सहायक निर्देशक भएर काम गरेकी थापा सन् २०२२ मा नेपाल पुनर्बीमा कम्पनीम प्रवेश गरेकी हुन् ।त्यस्तै सोही कम्पनीकोे वरिष्ठ प्रबन्धककै जिम्मेवारीमा लक्ष्मी पौडेल छिन् । उनी सन् २०२२ देखि यस कम्पनीमा कार्यरत छिन्।

बीमा क्षेत्रको नेत्तृव तहका लागि लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण हुन् प्रेमा, उपासना र रेना र मञ्जु र सुरक्षा । पछिल्लो समय बीमा कम्पनीको उच्च व्यवस्थापनमा भने महिला नेतृत्व बढ्न थालेको छ । अधिकांश बीमा कम्पनीको उच्च व्यवस्थापन टीममा महिलाको सहभागिता रहेको तथ्याङ्क छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको संचालकमा श्रीजना श्रेष्ठ छिन् भने सविता मास्के शिखर इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा आवद्ध छिन् । मास्केसँग बीमा क्षेत्रमा २ दशकभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

युनाईटेड अजोड इन्स्योरेन्समा संचालकमा संगिता केसी छिन् भने डेपुटी सिईओमा रेना रिजाल छिन् । सिद्धार्थ प्रिमियम कम्पनीको स्वतन्त्र संचालकमा जस्मिन हाडा ब्रजाचार्य रहेकी छिन् ।

बरिश्मा साउद आचार्य सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको)को नायब कार्यकारी अधिकृत हुन् । यसअघि उनी साविक लुम्बिनी जनरल इन्स्योरेन्सको डीसीईओ थिइन् । साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा आउनु अघि उनी शिखर इन्स्योरेन्समा कार्यरत थिइन् । शिखरमा उनले नायव महाप्रबन्धक (डीजीएम) भएर काम गरेको उनीमा अनुभव रहेको छ।
सिरिशा मरुजल्ला द ओरिएन्टल इस्योरेन्स नेपालकी नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहायक महाप्रबन्धक हुन् उदिता जोशी यूनाईटेड इन्स्योरेन्सबाट बीमा क्षेत्र प्रवेश गरेकी जोशीले काम गदैए साविकको प्रुडेन्सियल इन्स्योरेन्समा प्रवेश गरेकी थिइन् ।

सुलना श्रेष्ठ नेपाल इन्स्योरेन्सको प्रबन्धक (म्यानेजर) हुन् । अधिवक्ता समेत रहेकी श्रेष्ठले काठमाडौं स्कुल अफ ल बाट एलएलबी गरेकी छिन् । कम्पनीले उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिएको छ ।राष्ट्रिय बीमा कम्पनीको प्रमुख व्यवस्थापकमासृजना पन्थ र रजनी पौडेल छन् । दुवै जनाले तत्कालीन सरकारी स्वामित्वमा रहेकोराष्ट्रिय बीमा संस्थानबाट करियर सुरु गरेका हुन् ।

सुनिता पोखरेल नेपाल लाइफकी वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २००८ देखि नेपाल लाइफमा आवद्ध छिन् त्यस्तै, सत्य पराजुली कम्पनीको एक्चुरी डिपार्टमेन्ट प्रमुख हुन् ।

जीवन बीमा क्षेत्रमा करिब २ दशको अनुभव बटुलेकी पाठक हाल सिटिजन लाइफ इन्स्योरेन्समा वरिष्ठ प्रबन्धक छिन् ।

कविता शर्मा स्टार माइक्रो इन्स्योरेन्सको महाप्रबन्धक छिन् भने नेपाल माइक्रो इन्स्योरेन्सको जनरल म्यानेजर हुन् प्रविना नेपाल सुनिता कोइराला गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख प्रबन्धकको जिम्म्ेवारीमा काम गर्दै आईरहेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*