सानिमा रिलायन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२५ फाल्गुन २०८१, आईतवार ०७:२७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि (फागुन २६ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पूँजीको १ दशमलव २४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि आगामी चैत ८ गते शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सभा बस्नेछ।

बोनस शेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*